हिजो मिति २०८०/१०/२० गतेका दिन होटल पावन मिथिला,बर्दिबासमा आयोजित स्थानीय तह संग सामाजीक सुरक्षा कोष सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा नेपाल सरकारका माननीय श्रम मन्त्रि श्री शरद सिंह भण्डारी ज्युको प्रमुख उपस्थितिमा "योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम" अन्तर्गत यस कार्यक्रमको सम्झौता पत्र (MOU) मा श्रम मन्त्रालय र विष्णु गाउँपालिका बीच ऐतिहासिक समझदारी भएको छ जसमा विष्णु गाउँपालिकाको तर्फ बाट यस गाउँपालिकाका अध्यक्ष श्री जवाहरलाल यादव ज्यु उपस्थित भइ हस्ताक्षर गरी प्रतिवद्धता व्यक्त गर्नु भएको छ जसले आगामी दिनमा स्वरोजगार श्रमिक हरुका लागि औषधि उपचार,दुर्घटना विमा साथै पेन्सन सम्म पाउने बाटो समेत खुलेको छ ।